नगरकोटको ‘महादेव पोखरी’ मेलामा देखियो यस्तो दृश्य ( तस्विर र भिडियो सहित)

567

भदौं १०,
नगरकोट । पर्यटकिय क्षेत्र नगरकोटमा अवस्थित महादेव पोखरीमा हरेक वर्ष श्रावणशुक्ल पूर्णीमाको अवसरमा मेला लाग्ने गरेको छ । भक्तपुर र काभ्रे जिल्लाको संगमस्थलमा रहेको उक्त स्थान आइतबार जर्नै पूर्णीमाको अवसरमा भक्तजनहरुको घुइचोँ लागेको छ । नेपालमा रहेका हिन्दु र बुद्ध धर्मावलम्विहरुको साझा तीर्थस्थल मध्ये यो पनि एक हो । आइतबार बिहानैदेखि महादेवपोखरीमा हिन्दु र बुद्ध धर्म मान्ने भक्तजनहरुको बाक्लो उपस्थिती रहेको छ । जहाँ रहेको पोखरीमा स्थान गर्ने, नजिकै रहेको महादेवको मन्दिरमा दर्शन गर्ने परम्परा रहको छ । बुद्ध धर्मावलम्विका विषेश गरि तामाङ समुदायहरुले आफ्नोघर देखि नै झाँक्रि( भोम्बो) बनेर मोलम (मन्त्र) पाठ गर्दै आउने गर्दछन् ।

Publiée par नयाँ नेपाल न्युज sur Samedi 25 août 2018

उनीहरुको स्वागतमा ठाउँ ठाउँमा सगुन राखिने र सगुन राखेको घर वा बाटो अगाडी केहीबेर मालोम पाठ गर्ने गर्दछन् । हिन्दु समुदायले भने मकै, फुल, फलफुलबादी महादेव पोखरीमा चढाउने गरेका छन् ।
उक्तस्थानमा मेला भर्नकोलागि काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र काभ्रेबाट भक्तजनहरु आउने गरेका स्थानीय पर्यटनले बताए । मेलामा आउने भक्तजनलाई सहज दर्शनको व्यवस्थ गर्न स्थानीय क्लब तथा पर्यटन व्यवसायीहरु लागेका छन् ।