साउन २७,
काठमाडौं । नेपाल सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने तयारी गरेको छ । उक्त रंगशाला बनाउने र बनाउन नदिने विषयमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रेम सुवाल र २ का महेश बस्नेतको जुहारी चलिरहेको छ । एकतातिर नेकपाका सांसद बस्नेत भक्तपुरमा जसरी पनि रंगशाला बनाउने भन्नेमा लागिपरेका छन् । अर्का तिर नेमकिपाका सांसद सुवाल जसरी पनि रोक्ने भन्नेमा छन् । भक्तपुर एक हजारदेखि पन्ध्र सय रोपनी क्षेत्रफल जमिनमा रंगशाला बनाउने चर्चा आशा र त्रास फैलिएको छ । रंंगशाला बनाउन नेकपाका नेता सांसद नेता महेश बस्नेत जोडतोडले लागेका छन् ।
अर्कातर्फ नेपकिपाका सांसद प्रेम सुवालले रंगशाला बनाउन नहुने भन्दै बोल्दै आएका छन् । सुवासले भनेझै हजारौं रोपनी खेत मासेर खेलमैदान बनाउनु हुदैंन भन्ने तर्कलाई सापटी लिने हो भने उनी पार्टीको नेतृत्वमा रहेको भक्तपुर नगरपालिकाले गरेको जग्गा प्लानिङलाई चाही के भन्ने ? के तेहा चाहीँ खेत थिएन् । नेकपाका नेता महेश बस्नेतलेको कुरामा पनि जनताले विश्वास गर्ने वातावरण छैन् । उनीलगायतको टोलीलेले गोव्य रुपमानै यो काम गर्दै आइरहेको छ । जुन स्थानमा रंगशाला बनाउने कुरा छ । सोही स्थानमा प्रभावित हुनेहरुसंग सार्वजनिक बहस गरेरमात्र काम अगाडी बढाउन नसक्नु ठुलो कमजोरी रहेको छ । सिधा हिसाबमा भन्ने हो भने यो नेकपा र नेमकिपाको राजनीतिक लडाई हो । यहाँ पीडितलाई उचालेर एकथरी आन्दोलन गरिहेका छन् । तर पीडित स्थानीयलाई राहत के–के कुरामा गर्न सकिन्छ भनेर माग सम्बोधन गर्न नखोज्नु र आन्दोलन गर्न उक्साउनु दुबैपक्षले रंगशालाको नाममा राजनीतिक गर्नु मात्र हो ।
स्थानीय तहदेखि माथीसम्म बस्नेतको पहुँच
भक्तपुरका तीन स्थानीय तहमा नेकपाको सरकार छ । यसरी हेर्दा रंगशाला बनाउने विषयमा महेश बस्नेतको स्थानीय तहमा बहुमत छ । अर्का तर्फ सरकारमा समेत नेकपाको दुई तिहाई छ । त्यसैले शक्तिसाली रुपमा बस्नेत देखिन्छ । प्रभावती हुने स्थानीय बासिन्दाको समस्यालाई समाधान गर्ने तर्फ बस्नेतले ध्यान दिए उनी सफल हुन सक्छन् ।
रंगसाला निर्माण गर्दा कोहि बिस्थापीत हुनु पर्दैन ।
रंगसाला निर्माण गर्दा कोहि बिस्थापीत हुनु पर्दैन,कुनै व्यक्तिको जग्गाले रंगशाला निमार्ण गर्ने नभई सरकारी जग्गालाई एकिकृत गरी निर्माण गरिने भएकाले कुनै पनि जनताको जग्गा अतिक्रमण गर्ने हैन त्यसलाई व्यापक सुविधासम्पन्न वनाईने हो
Publiée par Mahesh Basnet sur Samedi 11 août 2018
नेमकिपाको निषेधको राजनीति
नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरापलिका २०३६ सालदेखि नै चलाएको छ । तर पार्टीको नीति नै निषेध जस्तो भएपछि करिब करिब पार्टी भक्तपुर नगरका १० वडामा मात्र सिमित छ । अन्यपार्टीमा आस्था राख्ने र बाहिरबाट बसाई सरेर आउनेलाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधीको व्यवहार दुस्मन जस्तै छ । भक्तपुरमा अध्यक्ष नारायणमान बिजुक्छेको सम्मानको लागिमात्र पार्टीलाई भोट हाल्ने धेरै छन् । अन्य नेता र माथिल्लो स्तरका कार्यकर्ताको व्यवहारले पार्टीप्रति धेरै रुष्ट छन् । पार्टीभित्र नै सुनिल प्रजापति र प्रेम सुवालको आन्तरिक टकरावले गर्दा बेलाबेलामा समस्या हुने गरेको छ ।
सर्वसाधरणको आन्दोलन
भक्तपुरको सिपाडोल, नंखेल, चित्तपोल, ताथली र सुडालमा बनाउने भनेर प्रस्ताव भएपछि सो क्षेत्रका स्थानीयवासी विरोधमा उत्रिएका हुन् । सो क्षेत्रका स्थानीय तथा किसानहरुलाई उठिबास गराउन रंगशाला बनाउन लागिएको भन्दै त्यस विरुद्ध आन्दोलन गर्न गठन भएको रंगशाला निर्माण पीडित संघर्ष समितिले शुक्रबार सूर्यविनायक नगरपालिका, नगर विकास प्राधिकरण र जिल्ला प्रशासन कार्यालय भक्तपुरमा विरोध पत्र बुझाए । ‘युवा तथा खेलकुद मन्त्रीको निर्देशनमा सूर्यविनायक नगरपालिका वडा नं. १०, भकारी मूलमा करिब एकहजार रोपनी क्षेत्रफलमा अन्तर्रािष्ट्रय स्तरको रंगशाला निर्माण गर्ने कुराले आतंकित भएको उनीहरुको भनाई रहेको छ ।
भिडियोः नमस्ते नेपालको युटुव च्यानलबाट लिएको हो