साउन १७,
एउटा निकै चर्चित हिन्दी गीत छः
‘ना उम्रकी सीमा हो, ना जन्म का हो बन्धन।।।
जब प्यार करे कोई, तो देखे केवल मन।।।’
प्रेमका लागि उमेरको सीमा र जन्मको बन्धनलाई तोड्ने कुरा गरिरहेको जगजित सिंहको यो गजल निकै चर्चित छ ।
प्रेममा उमेरको सीमालाई तोडेको यस्तै एक तस्बिर केही दिन अघि देख्न पाइयो, जब अभिनेत्री प्रियंका कार्कीले आफूभन्दा सात वर्ष कान्छा प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशीसँग इन्गेजमेन्ट गरिन् ।यो खबर सार्वजनिक भएपछि दुबै सेलिब्रिटीलाई बधाईको आइरो नै लाग्यो । दुबैको इन्गेजमेन्टको खबर र तस्बिर मिडियामा पनि निकै छाए ।यस्तै, अर्की प्रियंका अर्थात् बलिउडकी प्रियंका चोपडाले पनि आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनाससँग भर्खरै इन्गेजमेन्ट गरेकी छिन् । यद्यपी, प्रियंका र अमेरिकी गायक निकले भने आफ्नो इन्गेजमेन्टको पुष्टि गरेका छैनन् तर उनीहरुले बधाईलाई पनि अस्विकार गरेका छैनन् ।यी दुईको इन्गेजमेन्टको खबर पछि कुनै सम्बन्धमा उमेरको भिन्नताले के कस्तो महत्व राख्छ भन्ने मुद्दामा बहस हुन थालेको छ ।