ओली र प्रचण्डले भने पार्टी र सरकारविरुद्ध भ्रम सिर्जना गर्न खोजियो

136

नयाँ पत्रिका दैनिक- साउन १३,
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एवं सरकारविरुद्ध भ्रम सिर्जना गर्न खोजिएको आरोप लगाएका छन् । तत्कालीन एमाले सम्बद्ध प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल एसोसिएसन नेपाल र माओवादी केन्द्रको नेपाल राष्ट्रिय इन्जिनियर संगठनको एकता घोषणासभामा बोल्दै ओली र प्रचण्डले कांग्रेसले यस्तो भ्रम सिर्जना गर्न खोजेको आरोप लगाए । देशमा अधिनायकवाद आउँदै छ भन्दै कांग्रेसले कोकोहोलो मच्चाएको ओलीकोे आरोप छ । ‘हामीले संविधानसभाबाट संविधान बनायौँ । लोकतान्त्रिक तरिकाबाट निर्वाचित भई सरकारमा आयौँ,’ ओलीले भने, ‘के हो अधिनायकवाद आउँछ भनेको रु के हो तानाशाही भयो ओली भनेको, यस्ता नचाहिने भ्रम सिर्जना गर्न पाइन्छ रु ’ माइतीघरमा विरोधको अखडा बनाउन नपाएको भन्दै कांग्रेसले विरोध गरेको ओलीले बताए ।

कांग्रेसले घरदेखि माइतीघर मण्डालासम्म सरकारलाई गाली गर्दै हिँड्ने गरेको भन्दै ओलीले सरकारले बोल्नै दिएन भन्न नपाइने तर्क गरे । ‘तपार्इंले बाटोमा बरबराउँदै गरेको कोही भेटाउनुभयो भने ख्याल गर्नु होला, त्यो सरकार विरोधी हो भन्ने,’ ओलीले भने, ‘सडकदेखि सामाजिक सञ्जालसम्म पार्टी र सरकारको विरोध गर्दै हिँड्ने अनि सरकारले मुख थुन्यो भन्न पाइन्छ रु’ यस्तै, डा। गोविन्द केसीको काँधमा बन्दुक राखेर कांग्रेसले अनशन नै नतोडाउने खेल खेल्न खोजेको प्रधानमन्त्री ओलीले आरोप लगाए । ‘हामीले डा। केसीको स्वास्थ्य बिग्रियो भनेर जुम्लाबाट काठमाडांै ल्यायौँ । ल्याउँदा एकदमै कोकोहोलो मच्याउने काम गरियो,’ ओलीले भने, ‘डा। केसीले समयमा आपूmमाथि अरूले राजनीति गरेको बुझेपछि कांग्रेस थान्को लाग्यो ।’