जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त हुँदैनः प्रधानमन्त्री

178

साउन ११,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको संसदीय दलको बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देशन दिएका छन् । ‘संसदीय अभ्यासमा अभ्यस्त भइसकेका साथीहरुले अगुवाइ गर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्यो’ प्रधानमन्त्री ओलीले भने–‘शीर्ष नेताहरुले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नुपर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’

संसदमा एक दुईजना उभिएका भरमा संसद अवरुद्ध हुन दिन नुहुने प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले असोज ३ गते सम्ममा कानुनहरु बनाइ सक्नुपर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसूचीलाई असर गर्ने बताए ।