रानीपोखरी सेनालाई

111

अन्नपूर्ण पोष्ट- साउन ९,
काठमाडौं । भूकम्पछि ध्वस्त भएको सांस्कृतिक धरोहर रानी पोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनाले पाउने भएको छ । रानीपोखरी कसले पुनर्निर्माण गर्ने भने विषयमा विवाद बढ्दै गएपछि सेनालाई जिम्मा दिन थालिएको हो । रानी पोखरी निर्माणको जिम्मा सेनालाई दिने विषयमा मंगलबार रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच छलफल भएको थियो । रानी पोखरी निर्माणको जिम्मा सेनालाई दिन सरोकारवाला निकाय र मन्त्रीबीच छलफल भएको महानिर्देशक दाहालले जानकारी दिए ।

दाहालले भने, ‘रानी पोखरी कसरी बनाउने भन्ने विषयमा विवाद भएपछि महानगरपालिका र विभागको समन्यवमा सेनालाई निर्माण गर्न दिने विषयमा छलफल भएको हो । छलफल अन्तिम चरणमा पुगेको छ ।’ रानीपोखरीभित्र रहेको बालगोपालेश्वर मन्दिर पुरात्व विभागले बनाउँछ’, महानिर्देशक दाहालले भने, ‘बाहिरको अन्य संरचना भने महानगरपालिकाकै खर्चका सेनाले बनाउने हो ।’