कर्णाली प्रदेशको पहिचान झल्कने गरी मन्त्रिपरिषदको लोगो बनाउने निर्णय

804

साउन ७,
सुर्खेत । कर्णाली सरकारको मन्त्रिपरिषदको बैठकले कर्णाली सरकारको लोगो बनाउने निर्णय गरेको छ। कर्णाली प्रदेशको पहिचान झल्कने गरी मन्त्रिपरिषदको लोगो बनाउने निर्णय गरेको हो। नेपालको नक्सामा कर्णाली प्रदेशको नक्शा फरक तरीकाले अंकित गरेर नेपालको झण्डा समाबेश गर्ने बैठकले निर्णय गरेको आर्थिक मामीला मन्त्री प्रकाश ज्वालाले बताए। आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारी निवासमा बसेको मन्त्रिपरिषको बैठकले यस्तो निर्णय गरेको छ। यसैगरी बैठकले सार्वजनिक खरिद ऐन मस्यौदाका लागी सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ। विकास निर्माणका लागि प्रदेशको लागि आवश्यकताअनुसार उक्त खरिद ऐनका लागि सैद्धान्तिक सहमति दिइएको हो। त्यस्तै, वाढी पीडित समस्या समाधान गर्नका लागि उच्चस्तरीय समिति पनि गठन भएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गर्ने निर्णय आइतबारको बैठकले गरेको हो। यो समितिले बाढी पीडितलाई आवासको पनि व्यवस्था गर्ने मन्त्री ज्वालाले बताए।