जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ६

103
सांकेतिक तस्विर

साउन २,
रुकुम । पूर्वमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। मृत्यु हुनेमा रुकुम पुथा उत्तरगंगा गाउँपालिकाकी ३० वर्षीय सालेना बर्ना, काठमाडौंकी २२ वर्षीया ललिता परियार, पुथा उत्तरगंगा गाउँपालिका(१ का ३५ वर्षीय कुमार पुन र सोही गाउँका ३१ वर्षीय बुद्धिराज पुन रहेका छन्। दुर्घटनामा मृत्यु भएका अन्य एकजना पुरुष र एकजना महिलाको सनाखत भएको छैन। दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेहरुको अवस्था गम्भीर रहेको र जिल्ला जनस्वास्थ्य कार्यालयमा उपचार भइरहेको छ। रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट धौलापैरातर्फ गइरहेको लु१ज, २५७३ नम्बरको जिप सिस्ने गाउँपालिका ५, घारापानी नजिकैको सडकबाट १ सय मिटर तल खसेको थियो। वर्षातका कारण बाटो चिप्लो रहेको कारण गाडी दुर्घटना भएको अनुमान गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले बताएको छ।