Sunday, September 27, 2026
Home समाचार फु खोलामा दुईजना बेपत्ता

फु खोलामा दुईजना बेपत्ता

186

असार २८,
मनाङ । रोल्पा घर भएका शीतल पुनमगर र रमेश बुढामगर भोर्दिन खोला नजिकै फुखोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका छन् । नार्पाभूमि गाउँपालिका वडा नं ४ को वडा भवनमा ज्यामी काम गर्दै आएका १९ वर्षीय पुनमगर र २० वर्षीय बुढामगर गत असार २६ गते घरमा फोन गर्न भनी फुको क्याङ भन्ने ठाउँमा आउँदै गर्दा खोला तर्ने क्रममा खोलाले बगाएर उनीहरु बेपत्ता भएका हुन् । विसं २०७४ साल चैतमा ज्यामी काम गर्न मनाङ छिरेका पुनमगर र बुढामगर हालसम्म बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । उनीहरुको खोजीकार्यका लागि जिल्ला प्रहरी कार्यालय मनाङ, अस्थायी प्रहरी चौकी, प्याखुका प्रहरी जवान तथा धारापानी प्रहरी चौकी लागिपरेका छन् भने बेँसीशहरस्थित लमजुङ जिल्ला प्रहरीलाई पनि खोजीकार्य जारी राख्न जिल्ला प्रहरी कार्यालय मनाङले अनुरोध गरेको छ