सरकार अधिनायकवादी बन्यो ः राणा

54

असार २१,
भक्तपुर । राप्रपा प्राजातान्त्रिकका पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले सरकार दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राणाले संसदमा गृह मन्त्रीले डाक्टर गोबिन्द केसी प्रति दिएको अभिब्यक्तिले सरकारको अधिनायकबादी चरित्र प्रष्टिएको बताउनु भयो ।
उहाँले जनताको पक्षमा लडिरहेको केसी अधिनाकबादी हुने र जनताको बिरोध गर्न पाउने मौलिक अधिकारलाई कुन्ठित गर्ने सरकार लोकतन्त्रबादी हुने भन्दै ब्यँग गर्नु भयो ।