Friday, September 18, 2026
Home स्वास्थ्य डा। केसी इमर्जेन्सीमा

डा। केसी इमर्जेन्सीमा

122

असार २१,
जुम्ला । अनशनरत डा। गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा भर्ना गरिएको छ । उनलाई अनशनस्थल जिल्ला खेलकुद विकास समितिको कभर्डहल बाट एम्बुलेन्समा अस्पताल ल्याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा। पुजन रोकायाले बताए ।‘एक्कासि मिर्गौलामा समस्या भएपछि कसैलाई सोध्ने कुरा भएन, अस्पताल पुर्याएका छौँ,’ डा। रोकायाले भने । केसीको जीवनरक्षाका लागि स्थानीय नागरिक समाजले राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्ला र स्थानीय प्रहरी प्रशासनलाई दबाब दिँदै आएको छ ।