छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार

109

असार २१,
सुर्खेत । महिनाबारी भएर घरदेखि टाढाको छाउगोठमा सुतिरहेकी एक किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई स्थानीय तीन किशोरले सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ। छाउगोठमा सुतिरहेकी किशोरीलाई सोमबार राति १२ बजेतिर चेतन गिरी, जनक शर्मा र पदम गिरीले बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । तीनैजनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । प्रहरीका अनुसार महिनाबारी भएका दुई किशोरी घरदेखि टाढाको छाउगोठमा सँगै सुतिरहेका थिए । तीमध्ये एकलाई राति १२ बजे छाउगोठबाट बाहिर निकालेर अर्कीमाथि बलात्कार भएको थियो ।