नेकपाको वैठक भोलि बिहीबार बस्ने

136

असार २०,
काठमाडौं । नेकपाको वैठक भोलि बिहीबार बस्ने भएको छ। बुधबार बसेको सचिवालय बैठकले भोलिका लागि स्थायी समिति बैठकको कार्यसूची तयार पारेको हो। बैठक दिउँसो तीन बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने छ। वैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणका बारेमा जानकारी गराउने छन्। बैठकमा वर्तमान राजनीतिक घटनाक्रम, सरकारका काम कारबाही, सांगठनिक एकिकरण प्रक्रिया लगायतका विषयमा रिर्पोटिङ तथा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।