असार १८,
बीबिसी (काठमाडौं) । वर्षायाम शुरू भएसँगै तराईका अधिकांश शहरहरू डुबानमा पर्न थालेका छन्।
नदी अतिक्रमण बढ्न थालेपछि पछिल्ला वर्षहरूमा डुबानको समस्या जटिल बन्दै गएको जानकारहरूले बताएका छन्। उनीहरू भन्छन्, पानीको निकास राम्रो हुन नसक्दा डुबानको समस्या जटिल बन्दै गएको हो। झापाको दमक केही दिनअघि एकै दिन परेको पानीले डुबानमा पर्यो।
तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा लगायत पश्चिमका अन्य जिल्ला पनि अचेल पहिलाको भन्दा छिटो डुबानमा पर्ने गरेको सर्वसाधारण बताउँछन्। शहरहरूमा पानी निकासको भरपर्दो व्यवस्था नहुनु अर्को कारण भएको बताइन्छ। तर नगरपालिकाका अधिकारीहहरू शहर डुबानमा पर्नु नदी अतिक्रमण मुख्य कारण भएको बताउँछन्।
त्यस्तैमध्येका एक हुन् तराईका विभिन्न नगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको जिम्मा पाएका र हाल बर्दिवास नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत अग्नि अधिकारी।
तराईमा डुबान हुनुमा मुख्य कारण खोला, नदी अतिक्रमण नै हो। यो रोक्ने काम स्थानीय तहले मात्र सक्दैनन्। नदीले भेट्ने सबै स्थानीय तह, प्रदेश तथा केन्द्र सरकारले समेत यसको नियमन गर्नुपर्छ। जानकारहरू भन्छन्, वर्षायाममा मात्र डुबानको समस्याको चर्चा गर्दा समाधानको बाटो निस्किँदैन।