गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै

148

असार १७,
काठमाडौँ । छोराको हत्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य स्थिती गम्भीर बन्दै गएको छ । अस्पतालका निर्देशक डा भुपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था ३४औँ दिनमा आइपुग्दा थप बिग्रिएको जानकारी दिए । उनी गत जेठ १५ गतेदेखि अनशन बसेका हुन् । ‘उहाँ अनशन बसेको ३४ दिन भइसकेको छ, अवस्था पहिलेभन्दा गम्भीर छ,’ निर्देशक बस्नेतले भने, ‘शरीर सुन्निँदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिएका छौँ ।’

यसैबीच नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले वीर अस्पतालमा अनशनमा रहनुभएकी गंगामाया अधिकारीलाई आज भेट गरेका छन् । वीर अस्पताल पुगेर केसीले गंगामायाको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन् ।
नेता केसीले गंगामायासँग कुरा गर्न खोजे पनि उनले कुनै प्रतिक्रिया दिएनन् । उनले अदालतको फैसला कार्यान्वयन गरेर छोराका हत्यारालाई कारबाही गराउन आमरण अनशनमा बस्दा पनि सरकारले कुनै वास्ता नगर्नु विडम्बना भएको प्रतिक्रिया दिए