नेपाल समाचारपत्र
असार १६,
बझाङ । गाउँपालिकाको बजेटमा भष्ट्चार गरेको भन्दै मष्टा गाउँपालिका अध्यक्ष कर्ण बहादुर कठायतलाई तेल मुसो लगाएका छन । गाउँपालिकामा संञ्चालन गरिएको कृषि कार्यालयको तालिम समापन कार्यक्रमा पुगेका अध्यक्ष कठायतलाई तालिम हलमै नेपाल कम्युनिष्ट पार्टि बिप्लवका कार्य कर्ता आएर कालो मुसो दलेको प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले जानकारी दिए ।
कडेलका अनुसार तेलमुसोमा संग्लन बिप्लब समुहका कार्यकर्तालाई प्रहरीले खोजि गरिरहेका छ । हामी अपराधिलाई कुनै हालतमा छोडने छैन । जनप्रतिनिधिलाई तेलमुसो लगाउने अप्रराधिलाई खोज्न घटनास्थल वरपर प्रहरी परिचालन गरिएको छ ।