असार १५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार प्रयोग र उपयोग गर्ने क्रममा अर्काको अधिकारको पनि ख्याल गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले निशेषधित क्षेत्र तोक्नु भनेको वाक स्वतन्त्रता रोक्नु नभएको पनि बताए। उनले हालै नेपाल सरकारले देशका सबै जिल्लामा तोकिएका प्रदर्शनस्थल र निशेधित क्षेत्रबारे नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सोधेको प्रश्नको जवाफ दिँदै अधिकारको प्रयोग विधिपूर्वक र कानुनसम्मत गर्नुपर्ने धारणा राखेका थिए। उनले नेपालमा मात्र नभएर विदेशमा पनि निश्चित क्षेत्रलाई प्रदर्शनका लागि तोकिने गरिएको बताएका थिए। उनले आफूहरू विगतमा तानाशाही ढाल्नका लागि त दरबारभित्र पसेर पनि कब्जा गर्न सकिने अवस्थामा रहेको तर अहिले देशमा लोकतन्त्र रहेको र सबैका अधिकारको सुनुवाइ हुने अवस्था रहेको बताए। उनले भने, ुवाक स्वतन्त्रतामा किन्चित लगाम लाग्दैन। स्वतन्त्रताका हकहरूमा नियन्त्रण हुँदैन तर तीनमा थिति हुनुपर्छ।ु उनले अत्यावश्यक क्षेत्रमा भएको विरोधलाई टुलुटुलु हरेर लाचार छाया भएर सरकार बस्न नसक्ने स्पष्ट पारेका थिए। पटक(पटक अस्पतालमा अनशन बसेर विरोध गरेका डा। गोविन्द केसीले पछिल्लो समय सरकारको प्रदर्शनस्थल तोक्ने र माइतीघर मण्डलालगायत क्षेत्रलाई निशेधित क्षेत्रको सूचीमा राख्ने कार्यप्रति गरेको विरोधप्रति प्रधानमन्त्री ओलीले आफ्नो धारणा राखेका थिए। हस्पिटलभित्र नाराजुलुस, बिरामीले उपाचार पाउँदैन।ु उनले भने, उपचार गर्ने ठाउँमा हडताल, पढाउने ठाउँमा हडताल१ प्रावि अगाडि टियरग्यास, बालबालिका मुर्छित। यस्तो विरोध गर्न पाइन्छरु, यो चल्दैन। उनले अस्पतालभित्र नारा जुलुस गर्ने र बिरामीको उपचारमा बाधा पुर्याएर हडताल गर्न नपाइने बताए। उनले अब यस्तो विरोध नचल्ने पनि बताए। उनले सरकारले तोकेका स्थानमा मात्रै प्रदर्शन गर्न पाइने र त्यस्ता आवाजलाई सरकारले सुन्ने र विचार गरेर सम्बोधन गर्ने बताए। उनले दुनियाँलाई दुःख दिएर विरोध गर्न नपाइने र नदिइने बताए।