असार १५,
काठमाडौं । सरकारले देशैभर मौसम सक्रिय भएको र भारी वर्षाका कारण हुने सम्भावित दुर्घटनाबाट सतर्क रहन सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ । शनिबार र आइतबार विशेषगरी मध्य र पश्चिमी भू–भागका तराई, चुरे र मध्यपहाडी क्षेत्रहरुमा भारी वर्षा हुन सक्ने र त्यहाँबाट बग्ने खोलानालामा वहाव खतरा तहभन्दा बढी जान सक्ने देखिएकोले सबैलाई सतर्ककता अप्नाउन आह्वान गरिएको हो ।सम्भावित जोखिममा रहेका क्षेत्रहरुमा पूर्व तयारीलाई प्राथमिकता दिन र प्रतिकार्यको लागि तयार रहन समेत आह्वान गरिएको छ । शुक्रबार बाढी सतर्कता केन्द्रले सुचना जारी गर्दै भनेको छ । ‘देशमा मौसम सकृय भएको छ र विभिन्न तरिकाबाट गरिएका मौसम पूर्वानुमानहरुले भोली र पर्सी करिव देशैभर विशेषतः मध्य र पश्चिमी भू–भागका खासगरि तराई, चुरे र मध्यपहाडी क्षेत्रहरुमा मध्यम देखि भारी सम्म वर्षा हुन सक्ने देखाएको र सो अनुसार गरिएको बाढी पूर्वानुमानमा समेत विशेष गरी चुरे क्षेत्रबाट प्रबाह हुने सवै खोलानालाहरुमा बहाब खतरा तहभन्दा माथि जान सक्ने देखाएकोले तराई र चुरे क्षेत्रमा पर्ने सवै जिल्लाहरुमा उच्च सतर्कता अपनाऔं। आजैबाट पूर्वतयारीलाई प्राथमिकता दिऔं र प्रतिकार्यको लागि तयार होऔं। पहाडी क्षेत्रका वेसिहरुमा बाढी सतर्कता अपनाऔं र पहिरोग्रस्त क्षेत्रमा समेत विशेष सतर्कता अपनाऔं।’