Friday, October 16, 2026
Home स्वास्थ्य ७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ कोलिफर्म भेटियो

७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ कोलिफर्म भेटियो

117

असार १५,
ललितपुरको ७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ कोलिफर्म भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरे ३ महिनायता गरेको खानेपानी गुणस्तर निगरानीमा यस्तो भेटिएको हो । कोलिफर्मका साथै खानेपानीमा आर्सेनिक, आईरन र एमोनियाजस्ता कडा धातुको मात्रा पनि अत्याधिक पाईएको छ । कार्यालयले लुभु, भैँसेपाटी, पाटन, चापागाउँका सार्वजनिक धारा, इनारा, पोखरी, ट्यांकीलगायत १० खानेपानी आयोजनाअन्र्तगतका विभिन्न ठाउँमा गरेको खानेपा गुणस्तर पानी नमुना परक्षणबाट यस्तो पत्ता लागेको हो । कार्यालयले पानीका ८४ स्रोतमा गरेको नमुना परीक्षणमध्ये ६० मा कोलिफर्म भेटिएको हो । यसअघि गरिएको परीक्षणमा ८४ प्रतिशत कोलिफर्म भेटिएको थियो ।