७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ कोलिफर्म भेटियो

109

असार १५,
ललितपुरको ७१ प्रतिशत खानेपानी स्रोतमा दिसाजन्य पदार्थ कोलिफर्म भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरे ३ महिनायता गरेको खानेपानी गुणस्तर निगरानीमा यस्तो भेटिएको हो । कोलिफर्मका साथै खानेपानीमा आर्सेनिक, आईरन र एमोनियाजस्ता कडा धातुको मात्रा पनि अत्याधिक पाईएको छ । कार्यालयले लुभु, भैँसेपाटी, पाटन, चापागाउँका सार्वजनिक धारा, इनारा, पोखरी, ट्यांकीलगायत १० खानेपानी आयोजनाअन्र्तगतका विभिन्न ठाउँमा गरेको खानेपा गुणस्तर पानी नमुना परक्षणबाट यस्तो पत्ता लागेको हो । कार्यालयले पानीका ८४ स्रोतमा गरेको नमुना परीक्षणमध्ये ६० मा कोलिफर्म भेटिएको हो । यसअघि गरिएको परीक्षणमा ८४ प्रतिशत कोलिफर्म भेटिएको थियो ।