निर्धन संस्थाले गरीब महिलाहरुलाई “साबुन बनाउने तालिम” सम्पन्न गरेको छ

144

असार १०,
काठमाण्डौं । निर्धन संस्थाले भूकम्प प्रभावित क्षेत्र टिकाथली तथा ठेचोका १६ जना विपन्न गरीब महिलाहरुको सहभागितामा ललितपुर जिल्लाको टिकाथलीमा “साबुन बनाउने तालिम” सम्पन्न गरेको छ । साबुन बनाउने तालिम फाईदाजनक तालिम रहेको सहभागीहरुले बताएका छन् ।तालिममा लिएका सीपलाई ब्यवहारमा उतार्न, सिकेका सीपबाट आयआर्जन तथा ब्यवसायिक रुपमा गरी अर्थोपार्जन गर्न, सुरुवातमा खर्च कम गर्न वक्ताहरुले सुझाएका थिए । निर्धन संस्थाका प्रमुख कार्यकारी अधिकृत अन्जु पाण्डे पन्तले सहभागीहरुलाई प्रमाण पत्र वितरण गरेकी थिईन ।पन्तले मातृ संस्था निर्धनले ग्रामीण क्षेत्रका गरीब, विपन्न, असहाय, शोषित, उत्पिडित महिलाहरुको आर्थिक, सामाजिक तथा मानसिक विकास गर्नका लागि विभिन्न किसिमका सीप विकास तालिम, उद्यमशीलता विकास तालिम, ब्यवसाय विकास सेवा कार्यक्रम वित्तीय साक्षरता तालिम र सचेतनामूलक कार्यक्रम आदि संचालन गर्दै आई रहेको समेत बताइन् ।निर्धन संस्थाले सुरुवात गरेको लघुवित्त कार्यक्रमलार्इँ निर्धन उत्थान लघुवित्त वित्तीय लिमिटेडले निरन्तरता दिंदै आई रहेको छ । यस तालिममा सहभागीहरुले लुगाधुने साबुन बनाउने तथा झोल साबुन बनाउने सीप सिकेका थिए ।