प्रधानमन्त्री औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता

101

असार १०,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको छदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका छन्। प्रधानमन्त्री ओली आइतबार बिहान १०ः१५ बजे स्वदेश आई पुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरे। प्रधानमन्त्री ओली यही असार ५ गते चीन प्रस्थान गरेका थिए।