अविरल वर्षाको कारणे भारतमा ११ को मृत्यु

112

असार १,
एजेन्सी– उत्तरी भारतीय राज्यमा चार दिनयता देखि जारी भारी वर्षापछिको बाढीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । उत्तरी भारतीय राज्य आसाम, त्रिपुरा, मणीपुरमा जारी यस प्रकोपमा परी ११ व्यक्तिको मृत्यु हुनुको साथै हजारौँको सङ्ख्यामा विस्थापित भएका छन् । उक्त वर्षापछिको बाढीमा परेर कैयौँ नागरिक बेपत्ता भएका छन् । तर के कति मात्रामा उनीहरु हराएका छन् भन्ने बारेमा खोजी सुरु भएको बताइएको छ ।

आसाम राज्यका कैयौँ जिल्लामा भारी बर्षापछि बाढी आएको उक्त राज्यका प्रकोप व्यवस्थापन निकायका एकजना अधिकारीले जानकारी दिएका छन् । यस राज्यमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३६ हजार विस्थापित भएका पनि उनले जानकारी दिएका छन् । त्यसैगरी त्रिपुरा राज्यमा यस प्रकोपमा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनको साथै अन्य १५ हजार घरबारबिहिन भएका अधिकारीहरुले जानकारी दिएका छन् ।