७७ जिल्लामा प्राथमिक तहका शिक्षकका लागि रोजगारीको अवसर

144

असार १,
काठमाडौँ । सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमबाट स्थायी रुपले पदपूर्ति गर्नका लागि शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशित गरेको छ ।देशका ७७ वटै जिल्लामा प्राथमिक तह तृतीय श्रेणीको रिक्त पद परपूर्तिका लागि आयोगले विज्ञापन प्रकाशित गरेको हो ।देशभर रिक्त रहेका ५,४९८ वटा खुल्ला तथा आरक्षित ४,४९८ पदका लागि आयोगले विज्ञापन प्रकाशित गरेको छ ।यसका लागि उम्मेदवार बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परिक्षा उतिर्ण गरेको हुनुपर्नेछ भने शिक्षा विषयमा कम्तिमा १० महिने तालिम प्राप्त गरेको हुनुपर्ने लगायतका न्यूनतम योग्यता तय गरिएको छ । पदपूर्तिका लागि लिखित परिक्षा र अन्तर्वार्ता लिइने विज्ञापनमा उल्लेख छ ।दरखास्त फारम तिरी फारम पेस गर्ने अन्तिम मिति आगामी असार ३० सम्म राखिएको छ भने दोब्बर दस्तुर तिरी श्रावण ५ गतेसम्म फारम पेश गर्न सकिनेछ ।