विश्वकप फुटबल प्रेमीका लागि अवसर

122

असार १,
काठमाडौं । हाम्रो पात्रोका प्रयोगकर्ताहरुले यो पटकको विश्वकप फुटबल थप सहजतका साथ हेर्न सक्ने भएका छन् । विश्वकप फुटबल २०१८ को रौनकतालाई मध्यनजर गर्दै हाम्रो पात्रोले नयाँ एप स्टोर सार्वजनिक गरेपछि दर्शकहरुले सहज रुपमा विश्वकप फुटबल हेर्न पाउने भएका हुन् । यो एपमा हुने प्रत्येक गतिविधिका अपडेटहरू हाम्रो पात्रोमा समेत प्राप्त गर्न सकिने जनाएको छ । आफूलार्इ मनपर्ने देशलार्इ फेब्रेट गर्न मिल्ने सुविधा समेत एपले राखेको छ । जसकालागि देशको झण्डामाथि भएको फेब पानपाते बटन थिच्नुपर्नेछ ।