राजपा र फोरम नेपालबीच सहकार्य नहुने

154

जेठ २४,
काठमाडौं । संघीय समाजवादी फोरम नेपाल संघीय सरकारमा सहभागी भएपछि राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल सो दलसँग कुनै सहकार्य वा गठबन्धन नबनाउने निर्णयमा पुगेको छ । यद्यपी प्रदेश २ मा फोरम नेपालसँगको गठबन्धन कायम राख्ने र सरकार पनि नछाड्ने राजपाले बताएको छ । तीन दिनदेखि जारी राजपा नेपाल अध्यक्ष मण्डलको बैठकले मधेशी जनताको भावना अनुसार गठन भएको कारण सरकार नछाड्ने निर्णय गरेको हो ।

फोरम नेपाल संघीय सरकारमा सहभागी भएपछि राजपा नेपालले प्रदेश २ को सरकार छाड्ने चर्चा चलेको थियो ।
राजपा नेपालका महासचिव एवं प्रदेश २ का सांसद मनिष सुमनले बुधवार एक कार्यक्रममार्फत राजपा नेपालले प्रदेश २ को सरकार छाड्ने घोषणा गरेका थिए । यहाँसम्म कि जेठ २५ गते बस्ने राजनीतिक समितिले सो निर्णय गर्ने पनि उनले ठोकुवा गरेका थिए ।
तर, राजपा नेपालका उच्च तहका नेताहरुले मनिष सुमनले भनेको कुरा आधिकारिक भएको बताएका छन् ।
अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले राजपा नेपालले प्रदेश नम्बर २ को सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताए । उनले भने, ‘प्रदेश २ को सरकार टेक्निकली गठन भएको सरकार होइन, जनताको म्याण्डेट अनुसार गठन भएको सरकार हो, यसलाई कसैले चाहेर पनि भत्काउन सक्दैन ।’