छाँया सरकारको प्रधानमन्त्रीमा सभापति देउवा !

183

जेठ २१,
काठमाडौं । पछिल्लो समय नेपाली काँग्रेसले संसदमा समेत सशक्त प्रतिपक्षको भूमिका निभाउन नसकेको आलोचना भइरहेका छ । यहि बेला संसद र सडकमा आफ्नो भूमिका र उपस्थिति दर्बिलो देखाउन ‘छाँया सरकार’ गठनलाई अघि बढाउन नेताहरुले माग गरेका छन् । यद्यपी काँग्रेसको संसदीय कार्यसमितिले नै पूर्णता नपाउँदा छाँया सरकार गठनमा ढिलाइ भएको बताइएको छ । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट प्रतिपक्षको भूमिकामा पुगेलगत्तै काँग्रेसले छाया सरकार गठन गर्ने घोषणा गरेको थियो । तर, घोषणा गरेको महिनौँ वित्दा पनि काग्रेसले छाँया सरकार गठनलाई तीव्रता दिन भने सकेको देखिँदैन ।

तर, काँग्रेस नेताहरु भने छाँया सरकार चाँडै बनाउने दावी गर्छन् । सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा निकट ति नेताका अनुसार संसदीय समितिको सचिव चयन गरेलगत्तै छाँया सरकार गठन प्रकृया अघि बढ्नेछ । पार्टी सभापति तथा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा छाँया सरकार बन्ने काँग्रेसले जनाएको छ । जसमा २१ वटा मन्त्रालयमा २१ जना मन्त्री छान्ने तयारी भइरहेको काँग्रेसका एक नेताले बचाए । जसको गृहमन्त्रीमा गगन थापाको चर्चा चलेको छ । काँग्रेस संसदीय दलको नेता र उपनेता चयन भएपनि काँग्रेसले निर्वाचन सम्पन्न भएको झण्डै ६ महिना हुनलाग्दा समेत संसदीय कार्यससमितिलाई पूर्णता दिएको छैन ।