Thursday, October 1, 2026
Home समाचार आजै बाट भयो यस्तो निर्णयः बीपी राजमार्गमा ठूला गाडी चल्न नपाइने

आजै बाट भयो यस्तो निर्णयः बीपी राजमार्गमा ठूला गाडी चल्न नपाइने

305

जेठ २१,
काठमाडौं । बनेपा–सिन्धुली हुदैं महोत्तरी जिल्लाको बर्दिवास पुग्ने वीपी राजमार्ग ठुला सवारी साधान चल्न नपाउने निश्चित भएको छ । सडकको गुणस्तर, मापदण्ड उपयुक्त भएपनि सडकको चौडाईका आधारमा ठूला सवारी साधान सञ्चालन गर्नु जोखिमपूर्ण हुने इन्जिनियरहरुको ठहर छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागले हालै एक सूचना प्रकाशन गरी वीपी राजमार्गमा चक्काका आधार ४ हजार २ सय एमएम भएको र ३२ सिट क्षमताको सबारी साधानलाई बिहान ५ बजेदेखि राती ८ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको थियो ।

सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ । सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई ओदश दिएको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने जेठ मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सरकारले १३ गते यहाँ ठूला गाडी चलाउने निर्णय गरेको थियो । यस्तै, राती ९ बजेदेखि बिहान ५ बजेसम्म प्रति एक्सल भार १० दशमलव २ टन नबढ्ने गरी मालबाहक सवारी साधन सञ्चालन गर्न पाउने उल्लेख गरेको छ । यसअघि सो राजमार्गमा १६ सिट क्षमताका सवारी साधन मात्र सञ्चालन हुने गरेको थियो ।

खासगरी यात्रुवाहक साना सवारी टाटा सुमो र हायस गुड्ने गर्छ भने साना मालबाहक सवारी साधन पनि गुड्ने गरेको थियो । सरकारले ठूला सवारी साधन गुडाउन दिने भएपछि सडकमा त्यसको नकारात्मक असर पर्नेबारे बहस शूरु भएको थियो । वीपी राजमार्गमा सडकको चौडाई ५ मिटर मात्र छ । साथै धेरै घुम्तिहरु पनि छन् । यस्तो सडकमा ठूला सवारी साधन चलाउन ठूला सवारीसाधानलाई साइड दिन समस्या पर्छ भने घुम्तिमा सवारी पास गराउन पनि समस्या हुने इन्जिनियरको भनाई रहेको छ ।