जेठ २०,
दोलखा । चौमासिक तलब बुझ्दै आएका शिक्षकले अब आउँदो आर्थिक वर्षदेखि मासिक रुपमा तलब पाउने भएका छन् ।
नेपाल शिक्षक महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले नगरक्षेत्रमा कार्यरत शिक्षकलाई मासिक रुपमा तलब दिने घोषणा गर्नुभयो । गुणस्तरमा कुनै सम्झौता गर्न नसकिने जानकारी गराउँदै उहाँले सम्पूर्ण सेवा सुविधा प्रदान गर्न नगरपालिका तयार रहेको बताउनुभयो । प्रमुख केसीले बालकक्षामा अध्यापन गराउने शिक्षकलाई विद्यालय पोशाक खरिदमा केही रकम सहयोग गर्ने र बालकक्षामा पढ्ने बालबालिकालाई दिवा खाजाको समेत व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।
विद्यालय पोशाक एकरुपता अभियानमा सरकारी विद्यालयमा अध्यापन गर्ने प्रथामिक तहका सबै विद्यार्थीलाई ट्र्याकसुट खरिद गर्दा रु ३० लाख खर्च भएको बताउँदै उहाँले नगरभित्रका १० विद्यालयमा विद्यार्थी संख्या अत्यन्तै न्यून रहेकाले त्यस्ता विद्यालयलाई तत्कालै एकआपसमा गाभ्ने ९मर्ज० कार्य पनि अन्तिम चरणमा पुगेको धारणा व्यक्त गर्नुभयो ।