पहिलो वर्षमा चाँगुनारायण नगरपालिकाको यस्तो प्रगति

396

जेठ १७,
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरापलिकामा जनप्रतिनिधिहरुले निर्वाचित भएर सपथ लिएको विहिबार एक वर्ष पुरा भएको छ । नगरपालिकाले एक वर्षको अवधिमा लक्ष्यभन्दा ७३ प्रतिशत बढि राजस्व उठेको जानकारी दिएको छ ।
दोश्रो नगरसभाबाट संसोधित आन्तरिक आय चार करोड चौवालिस लाख नब्बे हजार) को अनुमान गरिएकोमा हालसम्म सात करोड अठसठ्टी लाख छयानब्बे हजार आठसय उनान्चास रुपैया सत्ताइस पैसा संकलन भइसकेको गरेको हो । जुन लक्ष्य भन्दा ७३ प्रतिशत बढी हो ।

सो अवसरमा आयोजित कायएक्रममा नगरप्रमुख सोम प्रसाद मिश्रले अझैपनि कानुनी जटिलता कायम रहेको बताएका छन् । पहिलो वर्षको आफ्नो अनुभव सुनाउदैं नगरप्रमुख मिश्रले संघीयताको पहिलो व्याच भएकाले केही समय कानुनी अड्चन भएको सुनाए । ‘संघीयता कार्यान्वयमा रहेकाले खारेजीमा रहेका सरकारी कर्मचारीहरुले सजिलो काम आफै गर्ने तर असजिलो काम भने नगरपालिकाले गर्छ भनेर देखाउने गरेका छन्, मिश्रले भने ।

‘हाउस होल सर्भे’ गरेर नगरपालिकालाई चाहिने तथ्यांक समेत संकलन गरिसकिएकाले भविष्यमा जुनसुकै कार्य गर्न समेत सहज हुने नगर प्रमुख मिश्रको भनाई छ । खानेपानी र सडक पूर्वाधारको क्षेत्र र अन्य विकाश निमार्णका क्षेत्रमा करिब २० करोड रुपैया बजेटको काममा करिब ७० प्रतिशत सम्पन्न भईसकेको उनको भनाई छ ।
भक्तपुरको अन्य नगरभन्दा भूगोल र आर्थिक स्रोत दृष्टिकोणले यो नगर अन्य भन्दा उत्कृष्ट रहेको छ । करिब ५७ प्रतिशत भू भाग ओगटेको यो नगरपालिकामा प्रसिद्ध चाँगुनारायण मन्दिर, पर्यटकिय क्षेत्र नगरकोट, बालुवा माटो खानी र ईटा भट्टा मुख्य आर्थिक स्रोत हुन् । नक्सापास, मालपोत शुल्क राजस्वका माध्यम हुन् ।