रोकिएन भारतको दादागिरी

266

माघ १५,
काठमाडौं । नेपालमा रानितिक परिर्वतनमा मात्र होइन अन्य धेरै कुरामा भारतले दादागिरी देखाउदै आएको छ । नेपाली जमिनमा पटक पटक आखाँ लगाउदैं आएको भारतको यो रवैयाको विरुद्ध नेपाल सरकार मौन बस्दा धेरै नेपालीको मन दुखेको छ । पूःन फेरी कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाटमा नेपाली पक्षले सडक फराकिलो पार्ने क्रममा भारतीय सीमा सुरक्षाबलले रोकेको छ । ’ यसअघि गतसाल फागुनमा पनि कञ्चनपुरकै पुनर्बास गाविसस्थित सीमा क्षेत्रमै सीमा स्तम्भ र कल्भर्ट निर्माणबारे विवाद हुँदा भारतीय सीमा सुरक्षाबलको गोली लागी गोविन्द गौतमको ज्यान गएको थियो । पुनर्वास नगरपालिका ८ आनन्द बजारको भारतसँग सीमा जोडिएको क्षेत्रमा कलभर्ट निर्माणको विषयमा विवाद हुँदा एसएसबीले गोली चलाउँदा गत फागुन २६ गते ३० वर्षीय गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले सहिद घोषणा गरेर नगद १० लाख दिने निर्णय गरेको थियो । भारतीय सीमासँग जोडिएको सडकघाटको नेपाली भूमिमै बाटो फराकिलो बनाउँदा भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले रोकेको हो । भारतीय पक्षले सडक निर्माण कार्यलाई रोकेपछि अहिले दुई पक्षबीच छलफल भैरहेको स्थानीय प्रशासनले जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भने, ‘बिवाद भनेका निर्माणको काममा दशजगा वरिपरी ‘नो मेन्स ल्याण्ड’मा नबनाउनु भन्यो भनेर कुरा आएको छ । नो मेन्स ल्याण्ड अन्तर्रा्ष्ट्रिय सीमा हो, संरचना बनाउन पाईंदैन भनेको छ । यसबारे दुई पक्षको छलफल भईरहेको छ । समन्वय गरेर समझदारीमै टुंग्याउने प्रयासमा छौं । काम रोकिएको छ । नापी टोली कैलालीबाट आउँदैछ । नगरपालिकाले यहि बेलामा सड्क ग्राभेल गर्न थालेछ, नगरपालिकाको स्रोत साधनबाट सड्क ग्राभेल गर्न शुरु गरेको रहेछ । तत्कालीन प्रधानमन्त्रीले दोभललाई कञ्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानविन प्रक्रियामा नेपाल सरकारको सहयोग रहने बताएका थिए । कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले प्रहार गरेको गोलीले नेपाली नागरिकको मृत्यु भएको समाचार लगत्तै काठमाडौँस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गर्दै भारतीय पक्षबाट गोली प्रहार भएको समाचारको खण्डन गरेको थियो । तर अर्कोदिन भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै सशस्त्र सीमा बलले यस विषयमा अनुसन्धान थालेको जनाएको थियो । विज्ञप्तिमा भारतले नेपाल सरकारलाई कुटनीतिक माध्यमबाट मृतकको पोस्टमार्टम रिपोर्ट र फरेन्सिक रिपोर्ट पनि माग गरेको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आतङ्कवाद प्रतिवादसम्बन्धी भारतमा आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन गत चैत्रमा भारत गएका थिए । त्यहाँ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता गरेका थिए । स्वदेश र्फर्कदा मन्त्री निधिले मोदीले कञ्चनपुर घटनाबारे सूक्ष्म अध्ययन भइरहेको र दोषीलाई कारबाही गर्न भारत सरकार तयार रहेको आश्वासन दिएको बताएका थिए । दोषीमाथि कारवाही भएको रिपोर्ट भने बाहिर आएन ।