यस्तो छ सहमति पत्र ।

1901

जेठ १४,
काठमाडौं संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने भएको छ। यससम्बन्धि सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी र फोरमबीच सोमबार सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई बुँदे सहमति पत्रमा संविधान संशोधन लगायतका विषयलाई आपसी सहमतिमा समाधान गर्ने र दोस्रो बुँदामा फोरम सरकारमा सहभागी हुने उल्लेख छ। सहमति पत्रमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन्। फोरम सरकारमा सहभागि हुने भएपछि आजै सरकार विस्तार गरिने स्रोतले बताएको छ।