Sunday, September 27, 2026
Home शिक्षा शैक्षिक गुणस्तर बढाउन दुई महिनामै परीक्षा

शैक्षिक गुणस्तर बढाउन दुई महिनामै परीक्षा

175

जेठ १४,
बैतडी । शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको पाटन नगरपालिकाले नगरपालिकामा रहेका विद्यालयमा प्रत्येक दुई महिनामा परीक्षा लिने निर्णय गरेको छ। पछिल्लो समय शिक्षाको गुणस्तर घट्दै गएकाले उक्त प्रावधान राखिएको नगरपालिकाले बताएको छ। उक्त परीक्षाको नतिजा नगरपालिकामा बुझाउनुपर्नेछ। नगरपालिकाले नगरपालिकाभित्रका सबै विद्यालयका प्रधानाध्याक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग बैठक गरी यस्तो निर्णय गरिएको नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले बताए। निर्णयअनुसार कक्षा १ देखि ९ सम्मको वार्षिक परिक्षाको प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन तथा अनुगमन, उत्तरपुस्तिका जाँच र नतिजा सार्वजनिक गर्ने लगायतका सबै काम नगरपालिकाले नै गर्ने प्रवक्ता भण्डारीले बताए।