गणतन्त्र दिवस

308

जेठ १४,
रसिला होमागाई
भक्तपुर । मानव इतिहालाई हेर्दा र्काल माक्सले भनेकाछन् कि जुनसुकै समाजमा दुई वर्ग हुन्छ । एक शोषक र अर्को शोषित । समाजको त्यो वर्ग हो जोसँग उत्पादनका साधाहरु हुन्छन त्यसलाई शोषक र जोसँग बाच्ने आधार श्रम बाहेक केहि छैन त्यो वर्ग शोषित हो । यी दुई वर्ग विच द्दन्द्द हुन्छ र द्दन्द्द बाट नै समाज परिर्वतन हुन्छ । मैले भन्न खोजेको कुरा हाम्रो समाजमा पनि लामो समयको अन्तर विरोध वाट समाजले उन्मुत्ति पाएको छ । दोस्रो संविधानसभाबाट २०७२ असोज २ गते नेपालको संविधान जारीपछि गणतन्त्र संस्थागत भएको छ भने मुलुक विकास, स्थिरता र सुशासनका साथै आर्थिक समृद्धिको चरणमा प्रवेश गरेको छ। समाज परिस्कृत हुदै आज गणतन्त्रमा आइपुगेको छ । सबैले आफ्नो पहिचान र अस्तित्व पाएका छन् र समाजमा रहेका अनेकौ विभेदहरु लाई छिचोल्दै समावेशि भएको छ । पहिचान सहितको संघिएता र संघिएता सहितको संविधान पाएका छौ । नयाँ नेपालको उदय भएको छ । सबै मानिसमा आफ्नो हक अधिकार सुनिश्चिता गर्दै समाजले एउटा ठूल फट्को मारेको छ । आज समाज अत्तर आधुनिकतावाद तिर लम्केको छ । यो लम्काईमा नेपालि जनताको त्याग र बलिदान रहेको छ । त्यै त्याग र बलिदानले आज मुलुक गणतन्त्र दिवस मनाउदै छ तर एति हुदाहुदै पनि गिट्टी कुट्ने, हलो जोत्नो र काम गरेर परिवार पाल्नेहरुका लागि अझै गणतन्त्रले परिवर्तन दिन सकेको छैन। समृद्ध नेपाल, सुखी नेपालीको सपना बोकेको सरकारले अब ती जनतालाई परिवर्तनको अनुभूति दिन सक्नुपर्छ।