हुलाकी सडकमा सीमा विवाद

251

कान्तिपुर दैनिक- जेठ ९,
चितवन — जिल्लामा हुलाकी सडकको सीमा कति कायम गर्ने भन्नेमा विवाद देखिएको छ । सरोकारवाला निकाय नै २५ मिटर राख्ने कि १५ मिटर भन्नेबारे अन्योलमा छन् । स्थानीयले भने ११ मिटर मात्र राख्न दबाब दिँदै आएका छन् । जिल्लामा भरतपुर, माडी र ठोरी हुँदै उक्त सडक विस्तार गर्ने योजना छ । सडक–सीमाको अन्योल हटाउन भरतपुर महानगरपालिकाले वैशाख १९ गते डिभिजन सडक कार्यालयलाई पत्र पठाएर सोधखोज गर्‍यो । त्यसको जवाफमा २५ मिटर सीमा राख्न सुझाएको कार्यालयले दुई साता नबित्दै सीमा यकिन भइनसकेको भन्दै अर्को पत्र पठायो ।

सीमा तोकिएपछि पनि सडकको दुवैतर्फ ६र६ मिटर सेट ब्याक थप छोड्नुपर्छ । कार्यालयप्रमुख धर्मेन्द्रकुमार झाले लेखेको पत्रअनुसार भए सडकवरपर घर बनाउनेले सडकको बीच भागबाट ३१ मिटर छाड्नुपर्छ । महानगरका वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यले वैशाख ३० गते महानगरका कन्सल्टेन्सीहरूलाई परिपत्र गर्दै त्यसैअनुसार नक्सा पेस गर्न निर्देशन दिए । परिपत्र सर्वाजनिक भएसँगै हुलाकी मार्गवरपर पर्ने भरतपुर महानगरका नौवटा वडाका बासिन्दाहरू खङ्ग्रङ्ग परे । उनीहरूले गत चैतमा हुलाकी मार्ग सरोकार समिति गठन गरेका छन् । समिति पदाधिकारीहरू सोमबार भरतपुरस्थित डिभिजन सडक कार्यालय पुगी प्रमुख झासँग महानगरलाई सडक सिमा तोकेर पत्र काट्नुका आधारहरू सोधखोज गरे ।

‘माडीमा वैशाख १२ गतेको सार्वजनिक सुनुवाइमा यस कार्यालयका इन्जिनियर गीताञ्जली कोइरालाले आयोजनाप्रमुख श्याम खरेललाई सोध्दा १५ मिटर भन्नुभएकोमा तपाईंले किन २५ मिटर लेख्नुभयो रु’ समिति संयोजक श्याम विष्टले सोधे । झाले ऐन–कानुनमा रहेको व्यवस्थाअनुसार महानगरलाई पत्र काटेको जवाफ दिए ।