भक्तपुरका बालुवा तस्करलाई तह लगाउने गहृमन्त्रीको उदघोष

4787

जेठ ७,
भक्तपुर । गृहमन्त्री रामबहादुर थापाले भक्तपुरमा प्राकृति स्रोतको दुरुपयोग गरि भूमी दोहन मौलाएको बताएका छन् ।
उनले यस्ता अबैध बालुवा उत्खनन् गर्नेलाई कारवाहीको दायरामा ल्याउन प्रहरी र प्रशासनलाई निर्देशन दिए ।
भक्तपुर जिल्लामा हप्ता असुली गर्दै आएका सबै गुण्डाहरुलाई समेत कारवाहि गर्ने गृहमन्त्री थापाको भनाई ।
मुलुकमा गुण्डाराजको अन्त्य नगरेसम्म विकाश नहुने गृहमन्त्रीले बताएका छन् ।

वाइसिएल नेपालले सोमबार आयोजना गरेको शहिद तथा वेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै गृहमन्त्री भने ‘मुलुकमा देखिएको गुण्डाराज, अपराध, तस्करी, महिलाहिंसा, भष्ट्राचार अन्त्य गर्न सरकार सक्रिय छ । ’
सवै प्रकारको सिण्डिकेट जरै देखी अन्त्य गर्दै जनताको राज स्थापित गर्न वर्तमान सरकार क्रियाशिल रहेको गृहमन्त्री थापाको भनाई छ । मन्त्री थापाले सरकार भ्रष्ट्राचार र तस्करीको कारण मुलुकको विकास अवरुद्ध भएको बताउँदै यस्तो प्रवृत्तिको अन्त्य गर्दै यो सरकार विकास र समृद्धीको यात्रामा अगाडि बढिरहेको बताए ।

‘जनयुद्धका शहिद तथा वेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिवद्ध छ, मन्त्री थापाले भने ।
वेपत्ता नागरिक र सहिदले देखेको सपना अझै पुरा नभएकाले भन्दै गृह मन्त्री थापाले सपना साकार पार्न वर्तमान सरकार प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । अहिलेको समाजवाद उन्मुख संघिय सरकार निर्माणमा शहिद र वेपत्ता योद्धाहरुको बलिदानबाट नै आजको उपलब्धी हासिल भएको उनको भनाई रहेको छ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता दिलकृष्ण प्रजापति, देबेन्द्र श्रेष्ठ, जिल्ला संयोजक डिपी ढकाललगायतले जर्तमान सरकारले परिवार र शहिद परिवारका सम्मान गर्दै मुलुकलाई संम्वृद्धिको तर्फ लानु पर्ने बताए ।