Tuesday, September 29, 2026
Home साहित्य गजलः तिम्रो बाटो सजाएर

गजलः तिम्रो बाटो सजाएर

333

यमुना पराजुली अधिकारी,

फाँसीमा नि चढिदिन्छु तिम्लाई राम्रो हुन्छ भने
आगोमा नि जलिदिन्छु तिम्लाई राम्रो हुन्छ भने ।

हाँसीहाँसी फुलैफुलले बाटो तिम्रो सजाएर
खोलामा नि बगिदिन्छु तिम्लाई राम्रो हुन्छ भने ।

तिम्रो ओठमा हाँसो ल्याउन गर्नु पर्ने सबै गर्छु
रुख माथी नुहिदिन्छु तिम्लाई राम्रो हुन्छ भने ।

सँसारकै खुसी बन सुखी बन आशिस दिदै
रातदिन नि रुइदिन्छु तिम्लाई राम्रो हुन्छ भने ।
   पेप्सीकोला, काठमाडौ ।
रचनाकार लामो समयदेखि बाल साहित्य क्षेत्रमा कलम चलाउदै आउनु भएको छ ।