कता अलमलियो पार्टी एकता

220
????????????????????????????????????

जेठ १,
मे १ मजदुर दिवसका दिन राष्ट्रिय सभागृहमा देखिएको माओवादी लडाकुहरुको वितण्डा र पछिल्लो समय चर्चामा आएको प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीट प्रकरणपछि पार्टी एकताको कुरा भन्दा पनिमाअ‍ोवादी नेताहरुको असन्तुष्टिले समाचार माध्यममहरुमा प्राथमिकता पाउन थालेको छ । केही समययता विकसित घटनाक्रमपछि नेकपा एमाले र माओवादीबीचको पार्टी एकताको अनपेक्षित मोड लिएको छ । खासगरी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरिएको व्यवहारका कारण एकता प्रक्रिया अन्योलमा परेको छ । प्रचण्डलाई एकतातिर एकता मिति चााडै घोषणा हुन्छ भन्ने र अर्कोतिर बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतलाई पार्टी एकताको लागि आह्रवान गरेका छन् । यहाँनिर अर्को उल्लेख्य पक्ष के छ भने आफ्नो स्वार्थमा उपेन्द्र यादवलाई प्रयोग गर्न र दायदवालइ ओलितिर ढल्किन नदिन विदेशी शक्तिको ईशारामा उनले यो खेल खेल्दै छन् । बाबुराम र उपेन्द्रसँगको बैठक उनले श्यामशरणसँग डेढ घन्टा वार्तापछि गरेकाले पनि बाम एकता शंकाको घेरामा भुझिन्छ ।