युवतीलाई वेश्यावृत्तिमा लगाउने खत्री पक्राउ

182
सांकेतिक तस्विर

बैशाख ३१,
अर्घाखाँची । अर्घाखाँचीको सितगंगा नगरपालिका–२ स्थायी घर भएका २६ वर्षका रमेश खत्री पक्राउ परेका छन् । युवतीलाई दिल्लीको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । नेपाली युवतीहरुलाई उपचार गराइदिने भन्दै भारतको दिल्लीको अपार्टमेन्टमा लगेर वेश्यावृत्ति गर्न बाध्य पार्ने रमेश खत्रीलाई प्रहरीले गएको २८ गते पक्राउ गरेको हो । खत्री १३ वर्षदेखि भारतमा खोलिएको कोठीमै कार्यरत रहेको प्रहरीले जनाएको छ । खत्रीले दिल्लीमा रहेको अपार्टमेन्टमा २ वर्षसम्म राखेर पीडितको अश्लिल फोटो तथा भिडियो समेत बनाई सामाजिक सञ्जालमार्फत प्रकाशित गरिदिने भन्दै ब्ल्याकमेल गरेर जबरजस्ती वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ । प्रहरीले वेश्यावृत्तिमा ठूलो गिरोहको संलग्नता रहेको प्रहरीले जनाएको छ । खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरी सोमबार जिल्ला अदालत काठमाडौंमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा म्याद थपको लागि पेश गरेको छ ।