Saturday, September 19, 2026
Home समाचार अझै पनि बनेनन् ४१ कानुनका मस्यौदा

अझै पनि बनेनन् ४१ कानुनका मस्यौदा

398

बैशाख २९,
काठमाडौं । संविधान जारी भएको तीन वर्षभित्र मौलिक हकसम्बन्धी कानुनले पूर्णता पाइसक्नुपर्ने भए पनि अझै ४१ वटा कानुन निर्माणकै चरणमा छन् । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूलाई आठपटक ताकेता गरिसक्दा पनि अझै मस्यौदा बन्न सकेको छैन । कानुन मस्यौदा तयार गर्ने जनशक्ति अभावका कारण ढिलाइ भइरहेको कानुनमन्त्री शेरबहादुर तामाङले बताए ।कानुन मन्त्रालयले गत १० चैतमा विभिन्न मन्त्रालयलाई १५ दिनभित्र कानुनको मस्यौदा तयार पारेर पेस गर्न आग्रह गरेको थियो । तर, सम्बन्धित मन्त्रालयले जनशक्ति अभावका कारण मस्यौदा निर्माणमा ढिलाइ भएको जानकारी गराएका छन् । संविधानअनुसार आगामी ५ असोजभित्र कानुनले पूर्णता पाइसक्नुपर्नेछ ।