सांसदको प्रश्न ‘मोदीको सुरक्षामा किन भारतीय सुरक्षाकर्मी ?’

164

बैशाख २७,
काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण, सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। बिहिबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै नेपाल आएको ठुलो संख्याको भारतीय सुरक्षाकर्मीको आवश्यकता, सिमा सुरक्षा लगायतमा सरकारको ध्यानाकर्षण गराएका हुन्। राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिहिबारबाट हुन लागेको नेपालको भ्रमणका लागि सुरक्षा दिन भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी नेपाल आएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन। उनले भनिन् ‘के हामीले भारतीय प्र्रधानमन्त्री र उनी संगै आउने पाहुनाको सुरक्षाको प्रत्याभुति दिन सक्दैनौरु’ भन्दै गृह र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराइन्। राष्ट्रियसभा सदस्य विनादेवी रानाले कालापानी र सुस्ता सिमा क्षेत्रको विषयमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुरा गर्न आग्रह गरिन। भारतीय दुतावासलाई नेपालमा ५ करोड रुपैया सम्मको योजना संञ्चालनका लागि खर्च गर्न सक्ने अधिकार दिएको भन्दै वर्तमान सरकारको राष्ट्रवाद यही होरु भनि प्र्रश्न गरिन्। राष्ट्रियसभा सदस्य उतोल तामाङले दुर्गमका जनताले बोलेको राज्यले नसुन्ने गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराए। उनले मुगुको विकासमा ध्यान दिन पनि माग गरे। त्यस्तै तारादेवी भट्टले कंञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ९ मा भारतीय सुरक्षाकर्मीले महत्वपुर्ण सम्पदालाई आफ्नो कब्जामा लिई स्थानीयलाई दुख दिने गरेको भन्दै भारतीय ज्यादती विरुद्ध तत्काल एक्सन लिन सरकारको ध्यानाकर्षण गराइन्।