बैशाख २०,
तुलसीपुर । पूर्व राजा स्वर्गीय विरेन्द्र विरविक्रम शाहको शालिक हटाएको १२ बर्ष वछि पुनः तुलसीपुरमा राख्ने तयारी गरीएको छ । जनआन्दोलन २०६२/०६३ मा तत्कालीन माओवादी कार्यकर्ताले तुलसीपुर बजारको मुख्य भागमा रहेको पूर्वराज विरेन्द्र शाहको शालीक तोडफोड गरेर हटाई दिएका थिए । शालिक हटाएको ठाउँलाई अहिले पनि विरेन्द्र चोकको नामले चिन्ने गरिन्छ । शालिक हटाएपछि विरेन्द्र चोक अहिले मूर्ति विनाको स्ट्याण्ड ९अड्याउने ठाउँ० मात्रै रहेको छ ।
यसको संरक्षण र व्यवस्थापनको जिम्मावारी पाएको तुलसीपुर उपमहानगरपालिका – ५ नम्बर वडाले पूर्वराजा विरेन्द्रको शालिक राख्ने तयारी गरेको रहस्य सार्वजनिक भएको हो । वडाले जीर्णोद्धार गरि त्यही ठाउँमा राजा विरेन्द्रको शालिक राख्नका लागि छलफल गरिरहको वडा अध्यक्ष विरेन्द्र शाहले जानकारी दिए ।
इतिहासलाई मेटाउने काम कसैले पनि गर्नु नहुने बताउदै अध्यक्ष शाहले बनाउन नसक्नेले विगार्न पनि नहुने बताए । ‘कुख्यात तानाशाह हिटलरको चर्चा अहिले पनि विश्वमा गरिन्छ । ‘उनका शालिकहरु अहिले पनि संरक्षण गरेर राखीएको छ ,’ अध्यक्ष शाहले उदाहरण दिदै भने ‘राजा विरेन्द्रले के नै गरेका थिए र इतिहास त मेटाएर मेटीदैन नि ।’ पुरानो शालिक राख्ने कि नयाँ बनाउने भन्ने विषयमा छलफल भइरहेको वडा कार्यालयले बताएको छ । अध्यक्ष शाहले राजा विरेन्द्रको शालिक नरहेमा विपिचोक र मदन आश्रीत चोक पनि नहरने बताए । -तुल्सिपुर खबर