शिक्षक बनाइदिने भन्दै दुई लाख सत्तरी हजार घुस खाने स्रोत व्यक्तिलाई प्रहरी संरक्षण

329

नेपाल समाचारपत्र- बैशाख २०,
रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं १२ जनआस्था आधारभुत बिद्यालय पुरानापानीमा निजि दरबन्दीमा अध्यापन गराइरहेका सोही ठाँउका गोपाल प्रसाद देवकोटा रुकुम पूर्वको पुथाउत्तरगंगा गाँउपालिका आधारभुत बिद्यालय काजारजंग हुकाममा शिक्षक पदको लागी बिज्ञापन आवाहान भएपछि दरखास्त दिन सो बिद्यालयमा गए । खुल्ला प्रतिस्पर्धामा शिक्षक भर्ना गरिने भनिए अनुसार देवकोटाले दरखास्त दिए ।

दरखास्त दिएपछि सोही बिद्यालय हेर्ने स्रोत व्यक्ति बिरबहादुर रावलसँग देवकोटाको भलाकुसारी भयो । स्रोत व्यक्ति बिरबहादुरले देवकोटालाई “शिक्षक म बनाईदिन्छु बिद्यालयमा खर्च एक लाख पचास हजार पैंसा चाहिन्छ दिनुहुन्छ कि नाई रु” भनेपछि उनले २०७४ चैत्र १६ गते मुसिकोट नगरपालिकाको होटेल के।सी बारको माथिल्लो तलामा भेटेर गाँउबाट ३ प्रतिशतको ब्याजको दरले ऋण कारेर ल्याएको एक लाख पचास हजार पैंसा बिरबहादुरलाई बुझाए ।
उनले पैंसा बुझाएपछि देवकोटाको एक नम्बरमा नाम निकालियो । तर नियुक्ती बुझन जाँदा बिरबहादुरले थप एक लाख बिस हजार रकम मागे । ७० हजार बिद्यालयमा थप खर्च भएको र ५० हजार देपकोटाको नाम निकालि दिए वापतको रकम मागेपछि गोपाल देवकोटाले त्यति धेरै रकम ल्याउन नसक्ने भन्दै एक लाख पचास हजारमै मिलाइ दिन आग्रह गरे ।

तर बिरबहादुरले थप रकम नदिए नियुक्ती नदिने भनेपछि गोपालले फेरी पनि त्यति धेरै रकम दिन नसक्ने भएकोले जागिर नखाने निधो गरे । आफुले दिएको एक लाख पचास हजार फिर्ता गर्न गोपालले पटक पटक आग्रह गर्दा पनि नदिएपछि २०७५ बैसाख १६ गते जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर “जागिर लगाइदिन्छु भनि पैंसा खानेलाई कार्वाही गरिपाउँ र मेरो पैंसा फिर्ता दिलाई पाँउ” भनि निबेदन दिए । पिडित गोपाल प्रसाद देवकोटाले जागिर लगाइदिन्छु भनि पैंसा खानेलाई कार्वाही गरिपाउँ भनि जिल्ला प्रशासन कार्यालय रुकुमलाई लेखेको उजुरी ।
आबश्यक कार्वाहीका लागी प्रशासनले प्रहरीलाई पत्र काटेपछि प्रहरीले बिरबहादुरलाई पक्राउ गर्यो । तर पक्राउ गरिएपनि जिल्ला प्रहरी कार्यालयले आबश्यक रित पुर्वकको जाहेरी नआएको भन्दै घुस खाने स्रोत व्यक्ति बिरबहादुर रावललाई छाडेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्र धमलाले पिडितले रित पुर्वकको जाहेरी नदिएपछि उनलाई छोडिएको बताए । उनले भने पिडितलाई रित पुर्वकको जाहेरी दिन भनिएको हो तर उसले जाहेरी दिएन ।