Tuesday, September 22, 2026
Home अपराध नक्कली फेसबुक खोलेर दुःख दिने पक्राउ

नक्कली फेसबुक खोलेर दुःख दिने पक्राउ

174

बैशाख १८,
झापा । सामाजिक सञ्जालको दुरुपयोग गरेर दुःख दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिको नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेजमार्फत अश्लिल फोटो पठाउने, पोस्ट गरिदिने, अश्लिल शब्द बोल्ने, भेट्न बोलाउने, भेट्न नगएमा फेक आइडी बनाएर दुःख दिइने आरोपमा मेचीनगर–१० का ३० वर्षीय श्यामकृष्ण सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
सार्कीलाई बिर्तामोडस्थित इलाम बस स्टेशनबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।
पक्राउ परेका सार्कीविरुद्ध सार्वजनिक अपराध ऐन २०२७ अन्तर्गत म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइएको इप्रका प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।