कविताः हैन के गर्ने हो

426

-राजकुमार लामिछाने,

हैन के गर्ने हो ?
कि यतिकै मर्ने हो
बाच्ने कि मर्ने मर्ने कि बाच्ने
यहि अलमलमा पर्ने हो
फुल्ने कोसिस नि हो कि हैन
कि कोपिलामै झर्ने हो
चुहिएको छानो टाल्ने हैन
कि अन्तै डेरामा सर्ने हो
बाझो छ उर्वर भुमी
कति मरुभूमिमा चर्ने हो ?
कराइमा खिया छ
पकाउन गारो जुटाउन सारो
पाउरोटीले नै भुडी भर्ने हो ?

यो भएन त्यो भएन
यो आएन त्यो गएन
जापान यस्तो अमेरिका त्यस्तो
हाम्रो मि कुनैबेला राम्रो देश थ्यो
काम केही नगरी
यस्तै गफ गर्ने हो ?
हैन के गर्ने हो
कि यतिकै मर्ने हो ?

फेसबुकमा अर्काको लाइक ठोकेर
ओछ्यानमै सुति योजना बोकेर
कहाँ पुग्छौ भाइ भन मलाई
पाइला नै नसारी अगाडि सर्ने हो
हैन के गर्ने हो कि यतिकै मर्ने हो
कतिन्जेल हो कतिन्जेल
तिम्रा लागि अर्कैले गरिदिनुपर्ने
तिम्रो स्वतन्त्रताका लागि अर्कैले मरिदिनुपर्ने
तिम्रो स्वाभिमानका लागि सिमामा अर्कैले लडिदिनुपर्ने
तिम्रो समृद्धिका लागि अर्कैले अघि बढिदिनुपर्ने
कतिन्जेल ?

सुत्यौ अति भयो क्षति
अझै पनि सुत्छौ कति
लौन सुधार त्यो भ्रष्ट मति
कि यतिकै लम्पसार पर्ने हो
हैन के गर्ने हो
कि यतिकै मर्ने हो ?
                                    तेलकोट, भक्तपुर ।