एकल महिलालाई भूकम्पप्रतिरोधी घर

468

बैशाख १३,
काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिका–१२ ओझेटारका अति सिमान्तकृत दनुवार समुदायका भूकम्पपीडितहरुलाई घर हस्तान्तरण गरिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यसमिति सदस्य डा। विष्णुबहादुर भण्डारीले बिहीबार एकल महिला चमेली दनुवारलाई हस्तान्तरण गरेका हुन्। ह्याविट्याट फर ह्युम्यानिटी नेपाल, एएसएफ नेपाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको संयुक्त प्रयासमा भूकम्पप्रतिरोधी नमुना घर निर्माण गरिएको हो। संस्थाले भूकम्प पश्चात पाँचखाल नगरपालिका ४ पिपटलटारमा ८७ वटा भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गरी सम्बन्धित भूकम्पपीडितलाई हस्तान्तरण गरिसकेको छ। त्यससँगै पाँचखाल नगरभित्रका विभिन्न स्थानमा एक हजार ५० वटा घरलाई विभिन्न तहको सहयोग गर्दै आएकोमा तीन सय ५० वटा घर निर्माण सम्पन्न भइसकेको ह्याविट्याट फर ह्युम्यानिटी नेपालका जिल्ला अधिकृत सिमराज दनुवारले बताए। दनुवार बस्तीका भूकम्प लाभग्राहीहरूको घर निर्माणमा सहयोग पुर्‍याउनकाँचो माटोबाट इट्टा बनाउने तालिम दिइसकेको र त्यसपश्चात घर बनाउने तालिम समेत सञ्चालन गरी ८० प्रतिशत महिलालाई सहभागी गराई उनीहरूबाटै नमुना घर निर्माण गरेको दनुवारले बताए।