बैशाख १३,
उदयपुर । सोमबारदेखि उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित कभर्डहलमा सञ्चालन भएको दुईदिने क्षेत्रीय पूर्वाञ्चलस्तरीय टेबलटेनिस खेल बुधबार सम्पन्न भएको छ । आयोजक पूर्वाञ्चल खेलकुद् विकास समितिका अनुसार खेलमा डबल इभेन्ट र सिंगल इभेन्टतर्फ दुवै खेलमा सुनसरीका खेलाडीहरु प्रथम भएका छन् । यस्तै, द्वितीयमा डबल इभेन्टतर्फ मोरङ, सिंगल इभेन्टतर्फ पनि सुनसरी नै प्रथम भएको पूर्वाञ्चल खेलकुद् विकास समितिका अध्यक्ष रविन नगरकोटीले बताउनुभयो ।
यस्तै, तृतीय स्थानमा डबल इभेन्टतर्फ तेह्रथुम र सिंगल इभेन्ट महिलातर्फ मोरङ र सुनसरीले तृतीय स्थान हातपारेको आयोजकले बताएका छन् । पूर्वका दश जिल्ला उदयपुर, मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सप्तरीसहितका ७० जना खेलाडीको सहभागिता थियो ।