नयाँ पत्रिका दैनिक-बैशाख ९,
काठमाडौं । देशभर कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये बागमती अञ्चलमा मात्र ११ लाख नौ हजार ८१३ छन् । यो कुल संख्याको ३६ प्रतिशत हो । त्यस्तै, नारायणीमा ६ लाख ६४ हजार ७४८, लुम्बिनीमा तीन लाख ७८ हजार २१३, कोसीमा तीन लाख १९ हजार ४०६ छन् । सवारीसाधन दर्ताको हिसाबले कर्णाली सबैभन्दा पछाडि छ । कर्णालीमा अहिलेसम्म ८ सय २२ सवारीसाधन दर्ता भएका छन् । कर्णाली अञ्चलमा सबैभन्दा पछि आर्थिक वर्ष ०७२र७३ देखि मात्र सवारी दर्ता गर्न थालिएको हो ।
२८ वर्ष ३९ गुणाले वृद्धि
२८ वर्षअघि आर्थिक वर्ष ०४६र४७ मा नेपालमा कुल सवारीसाधन ७६ हजार ३७८ मात्र थिए । अहिले ३० लाख आठ हजार १०९ छन् । यो अवधिमा २९ लाख ३१ हजार ७३१ सवारीसाधन थपिएका छन् । यो २८ वर्षअघिका सवारीसाधनको तुलनामा ३९ गुणा बढी हो ।
७३ हजारमध्ये ५१ हजार किमि सडक विनाइन्जिनियरिङ निर्माण
मुलुकभर रहेको सडकमध्ये ७०५ ९५१ हजार २०८ किमि० सडक इन्जिनियरिङ डिजाइनबिना नै निर्माण भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्रराज काफ्लेका अनुसार २१ हजार ९४७ किमि सडक मात्र इन्जिनियरिङ डिजाइनमा निर्माण भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार कुल सडकमध्ये २० हजार किमि मात्र बाह्रै महिना सवारीसाधन चल्छन । त्यस्तै, २५ हजार किमि सडकमा केही महिना सवारी चल्छन् भने बाँकी २८ हजार किलोमिटर सडकमा सवारीसाधन गुड्दैनन् । देशभरका कुल ३० लाख आठ हजार १०९ सवारीसाधनमध्ये २३ लाख ७२ हजार ३१६ मोटरसाइकल छन् । यो कुल सवारीसाधनको ७८५ हो । त्योभन्दा पनि चाखलाग्दो विषय त कुल मोटरसाइकलमध्ये ३७५ बागमती अञ्चलमा मात्र छन् । यसको अर्थ आठ लाख ७६ हजार ५५१ वटा मोटरसाइकल बागमती अञ्चलमा मात्र दर्ता भएका छन् ।
एकैवर्ष साढे चार लाख सवारी थप
पछिल्ला केही वर्षदेखि सवारीसाधन आयातमा हुने वृद्धि आकासिँदै गएको छ । आर्थिक वर्ष ०७३र७४ मा मात्र चार लाख ४४ हजार २५९ सवारीसाधन दर्ता भएका छन् । यो अहिलेसम्मकै उच्च आयात तथा दर्ता हो । चालू आर्थिक वर्ष ०७४र७५ को पहिलो सात महिना ९साउन–माघ०मा दुई लाख २४ हजार ६८१ सवारीसाधन दर्ता भइसकेका छन् । बाँकी ५ महिनामा यो संख्या वृद्धि भई पाँच लाख पुग्ने सम्भावना रहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । यसअघि, एकैवर्ष सबैभन्दा बढी आव ०७२र७३ मा तीन लाख ६३ हजार ६६५ सवारीसाधन दर्ता भएका थिए ।