बैशाख २,
बैतडी । त्रिपुरा क्रिकेट क्लब, यहाँ जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा आज भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो । टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै २५४ रन बनायो । दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेले सवै विकेट गुमाउँदै १५३ मात्र बनायो । त्रिपुराका लागि तेज चन्दले सतकीय पारी खेल्दै ११५ रनको योगदान दिए । महेन्द्र मार्कण्डले ४७ रन बनाए । बलिङतर्फ खोड्पेका कृष्ण विष्टले दुई विकेट लिए । दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेका रुपक ऐरीले ६४ रन बनाए । बलिङतर्फ त्रिपुराका गणेश थापाले तीन विकेट लिए । सतकीय पारी खेलेका त्रिपुराका तेज चन्द म्यान अफ द म्याच भए ।














