एमाले नेता खनाल दिए मन्त्री र कर्मचारीलाई चेतावनी

352

चैत २९,
भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाख खनालले वर्तमान केपी ओली नेतृत्वको सरकार जनताको सरकार भएकाले जनचाहना अनुसार काम गर्ने बताएका छन् । खनाल गलत काम गर्ने मन्त्री, कर्मचारी जो भएपनि टाडो कारवाही हुने चेतावनी समेत दिए । उनले नेकपा एमाले र माओवादी केन्द्र एक हुनुको विकल्प नभएको बताएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुरले ३९ औ शिक्षक दिवसको अवसरमा बिहिबार आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले भने ‘स्थानीय, प्रदेश र केन्द्रमा बहुमतमा रहेको कम्युनिष्ट शक्ति एक हुनु पर्दछ । ’मुलुकलाई आर्थिक सम्वृद्धि र विकशित बनाउन दुई पार्टी एक भएर अगाडी बढ्नु पर्ने र त्यसको लागि खाका समेत तयार भईसकेको खनालको भनाई छ ।
वन, पर्यटन, जलश्रोतको समुचित विकाश गर्दै नेपालको आर्थिक उन्नती गर्न सबै क्षेत्रएक जुट भएर लाग्नु पर्ने एमाले नेता खनालको भनाई छ । कार्यक्रममा बोल्दै खनालले भने ‘विद्यार्थीहरुमा नैतिक शिक्षाको खडेरी पर्दै गएकाले त्यसतर्फ शिक्षक अभिभावक र समुदायले ध्यान दिनु पर्ने भएको छ, ।’ कार्यक्रममा एमालेका नेता तथा सांसद महेश बस्नेतले अहिलेको समयमा व्यवहारीक र व्यवसायीक शिक्षामा जोड दिनु पर्ने धारणा राखेका छन् । बस्नेतले भक्तपुरलाई शैक्षिक गन्तव्य बनाउने तयारी भएकाले यसतर्फ शिक्षाप्रेमी सबैलाई सहयोग गर्न आग्रह गरे । कार्यक्रममा मध्यपुर नगरपालिका प्रमुख मदन सुन्दर श्रेष्ठ, एमाले भक्तपुरका कार्यवहाक अध्यक्ष बचन देउजा, नेपाल राष्ट्रिय शिक्षक संगठन भक्तपुर अध्यक्ष राम प्रसाद न्यौपानेले नयाँ व्यवस्था अनुसार शिक्षाक्षेत्रको विकाश गर्न सब ैक्षेत्र र समुदाय एक हुनुपर्नेमा जोड दिएका छन् । उक्त कार्यक्रममा लामो समय शिक्षण पेशा गरेका शिक्षक तथा शिक्षिकालाई सम्मान गरिएको छ ।