वनका पदाधिकारी र तस्करकै मिलेमतोमा तस्करी

90

नागरिक दैनिक-चैत २०,
बर्दिया । सरकारी प्रतिबनधको वेवास्ता गरी बढैयाताल गाउँपालिका-३ स्थित मानझुन्डी सामुदायिक वनमा व्यापक फँडानी भएको छ । इलाका सेक्टर वन कार्यालय, मैनापोखरीअन्तर्गत पर्ने मानझुनडी सामुदायिक वनमा तस्कर र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा फाडानी भएको हो । उपभोक्ताका लागि आन्तरिक खपत गर्ने बाहनामा फँडानी भएको स्थानीयले सुराक पाएर विरोध जनाएपछि सामुदायिक वनमा व्यापक फाँडानी भएको तथ्य खुलेको हो । फँडानीमा सामुदायिक वनका पदाधिकारी र उपभोक्तामध्येका रुख कटानीको जिम्मा लिने ठेकेदारको मिलेमतो देखिन्छ । नेपालगन्ज गुलरिया सडकखण्डमा पर्ने मानझुन्डी सामुदायिक वनमा फडानी गरिएको सिसौं जातको एक सय २७ वटा रुख सामुदायिक कार्यालयमा संकलन गरेर राखिएको अवस्थामा भेटिएको छ ।